२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : सात हजार १०० ले बृद्धि, दुईलाख ५८ हजार पुग्यो

शुक्रवार , आश्विन ३१, २०८२

 

काठमाडौँ, असोज । सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।  शुक्रबार ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसअघि बिहीबार चाँदी तोलामा तीन हजार २७५ रुपियाँ कायम भएको थियो । विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँ बढेको छ । गत भदौ ३० गते सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार रुपियाँ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार