२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च : ' दुई लाख ५० हजार कट्यो '

बिहिवार , आश्विन ३०, २०८२

 

काठमाडौँ, असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार १०५ रुपियाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तीन हजार २७५ रुपियाँ कायम भएको हो । बुधबार चाँदी तोलामा तीन हजार २४० रुपियाँ कायम भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार