२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको भाउ हालसम्मकै उच्च

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ, असोज। नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैया बढ्दा चाँदीको भाउ ८५ रुपैयाँ घटेको हो ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँका खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको थियो । बुधबार कायम भएकाे सुनकाे भाउ हालसम्मकै उच्च हाे । 

यता मंगलबार तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तीन हजार दुई सय ४० रुपैयाँ कायम भएको छ । 

बुधबार कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो । 

यता मंगलबार तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तीन हजार दुई सय ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार