२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुन तोला रु दुई हजार तीन सयले वृद्धि

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ, असोज। सुनको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिका कारण स्थानीय बजारमा आज एक तोला सुन रु दुई हजार तीन सयले महँगो भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु २ लाख ३३ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु २ लाख ३५ हजार ४०० कायम भएको छ।

यसअघि गत आइतबार एक तोला सुन रु २ लाख ३० हजार ६०० मा किनबेच भएको थियो। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। सोमबार एक तोला चाँदी रु २ हजार ९६० मा खरिदबिक्री भएको थियो भने आइतबार रु २ हजार ९३० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको वृद्धिको सीधा असर नेपाली बजारमा देखिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार