२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जाँचबुझ आयोग निर्णय

पूर्व प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

आइतवार , आश्विन १२, २०८२

 

काठमाडौँ, असोज । पूर्व प्रधानमन्त्री एवम् नेकपा ( एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य विज्ञान राज शर्माले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार आयोगको आइतबार बसेको बैठकले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेका हो।

भदौ २३ र २५ गतेको घटना छानबिन तथा जााचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको सदस्य शर्माले जानकारी दिए ।

निजमाथि आवश्यक कारवाही गर्न तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगका स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिने उनको भनाइ छ।

यसैगरी, भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार