२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

ग्लोबल आइएमई बैंक नाइमा विशेष अफर :  न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन

मंगलवार , श्रावण २६, २०८३

 

ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। 

बैंकले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन्।

जस अनुसार, हालको आधारदरमा न्यूनतम् ब्याजदर ५,२५ प्रतिशत ब्याजदर कायम हुन्छ। बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ। 

साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५,९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ।

३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ। साथै, ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरुलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ।

बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार