२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्र दृढ ' : महासचिव गुटेरेस

सोमवार , आश्विन ६, २०८२

 

संयुक्त राष्ट्र, असोज । संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न अपिल गरेका छन ।

उनले भने, ' द्वन्द्वले ग्रस्त संसार शान्तिको लागि तात्कालिक आवाज उठाइरहेको छ ।' विश्वमा द्वन्द्व र त्यसको प्रभाव गुटेरेसले विश्वका विभिन्न भागमा बढ्दो द्वन्द्वका कारण धेरै मानिसको जीवन ध्वस्त भएको, बाल्यकाल हराएको र आधारभूत मानव अधिकारको अवमूल्यन भइरहेको उल्लेख गरे ।

हामी द्वन्द्वको विस्फोट देखिरहेका छौं, अन्तर्राष्ट्रिय कानून उल्लङ्घन भइरहेको छ र अभूतपूर्व सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य छन् । शान्ति सबैको साझा जिम्मेवारी महासचिवले शान्ति सबैको साझा जिम्मेवारी भएको भन्दै, दिगो विकासले शान्ति स्थापना गर्न सहयोग गर्ने तर अहिले विकासमा पछाडि रहेका अधिकांश देशहरूमा द्वन्द्व जारी रहेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई जातीय विभेद, मानवीय अपमान र गलत सूचना जस्ता द्वन्द्व बढाउने कारणलाई अन्त्य गर्न आह्वान र सबैलाई सम्मान र सहिष्णुताको भाषा बोल्न आग्रह गरे ।

शान्ति नै आशाको प्रतीक जहाँ शान्ति हुन्छ, त्यहाँ आशा पनि हुन्छ, गुटेरेसले भने । शान्तिका कारण परिवार पुनः एकताबद्ध हुन्छन्, समुदाय पुनर्निर्माण हुन्छन्, र बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा र खेलकुद गर्न पाउँछन ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको महत्व अन्तर्राष्ट्रिय शान्ति दिवस सन् १९८१ मा संयुक्त राष्ट्र महासभाद्वारा स्थापना गरिएको हो । सन् २००१ मा यस दिनलाई विश्वव्यापी अहिंसा र युद्धविरामको समयका रूपमा घोषणा गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार