२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

साफ यू–१७ च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ , असोज ।साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल श्रीलङ्काको कोलोम्बो रेसकोर्स स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेबाट सुरु हुनेछ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कालाई २(० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलङ्कामा आयोजना भइरहेको यस च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी छन्। नेपाल समूह ुएु मा श्रीलङ्का र बंगलादेशसँग रहेको छ। समूह चरणका खेलहरू सकिएपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार