२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री ओलीले दिए राजीनामा : ' देश छोडेर भागेको आशंका '

स्रोत भन्छ : जर्मन कि दुवई जाने

मंगलवार , भाद्र २४, २०८२

 

काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।

स्रोत भन्छ, राजीनामापछि खोली सेनाको हेलिकेप्टरमा भागेका छन ।  उनी लुम्बिन्ी हुँदै दुवई कि जर्मन जाने भन्नेमा रहेको जनाईएको छ । 

ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए । 

उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । 

पछिल्लो पटक कांग्रेससँग मिलेर उनले सरकारको नेतृत्व गरे पनि जनअपेक्षा अनुसार काम गर्न नसकेपछि उनीप्रति व्यापक असन्तुष्टि सडकमा पोखिएको हो ।


अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । 'हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ, एकजना युवाले भने ।


भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । 

जेन –जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार