काठमाडौँ, भदौ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु। ४०० ले घटेको छ। आइतबार रु। २ लाख १२ हजारमा कारोबार भएको सुन आज रु। २ लाख ११ हजार ६ सय मा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला रु। २५ ले घटेको छ। आइतबार रु। २ हजार ५ सयमा कारोबार भएको चाँदी आज रु। २ हजार ४ सय ७५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।