काठमाडाैँ ,भदौ । नेपाली बजारमा छापावाला सुन प्रतितोला दुई लाख १२ हजार चार सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।