२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य बढ्यो : ' तोलाको दुई लाख सात हजार नौ सय '

बुधवार , भाद्र १८, २०८२

 

काठमाडौँ, भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु. दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु. दुई हजार बढेको हो ।

चाँदीको मूल्य प्रतितोला रु. पाँचले घटेर रु. दुई हजार ४८० कायम भएको छ ।अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार