२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

वीरगञ्ज  ः  हैजाका ६४ जना बिरामी उपचाररत

बिहिवार , भाद्र १२, २०८२

 

वीरगञ्ज (पर्सा), भदौ । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । 

अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । 

उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना  झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिए । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । 

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । 

आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार