२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

तीज र पीडा .....

मंगलवार , भाद्र १०, २०८२

 

तीज आउँदा हरेक महिलाको मन रमाइलो र उमङ्गले भरिएको हुन्छ। साथीभाइसँग गीत–संगीत, नाचगान, सजधज सबै तीजको आत्मा हुन्। तर जब जीवनसाथी छेउमा हुँदैनन्, त्यो तीज उत्सव नभई पीडाको दिन बन्छ।

लाल सारी, चुरा पाती, सिन्दुर सबै लगाउँदा पनि मनमा खुसी जाग्दैन। अरूको हासो, रमाइलो देख्दा आफ्नो हृदय अझै चिरचिर हुन्छ।

तीजमा खाने- नखाने कुरा भन्दा पनि साथ नपाउने पीडा धेरै गहिरो हुन्छ। व्रत बस्दा भोक प्यास सहन सकिन्छ, तर प्रियजन बिना बितेको समय सहन गाह्रो हुन्छ।

सबले शुभकामना दिए पनि त्यो शब्द खाली लाग्छ, किनकि मनले भन्छ, ' शुभ त तब मात्र हुन्थ्यो, जब उनी मेरो छेउमै हुन्थे।'

तीज भनेको मात्र परम्परा होइन, जीवनसाथीसँग बाँडिने माया, विश्वास र सहयात्राको प्रतीक हो। जब त्यो सहयात्रा अधुरो हुन्छ, तीज मनाउने उत्साह पनि अधुरो भएर बस्छ।    - फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार