२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पाकिस्तानमा भारी वर्षाले बाढी र पहिरो : ' २२५ जनाको मृत्यु '

शनिवार , श्रावण ३१, २०८२


वार्सा, साउन । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ ।

बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला विपद् प्रभावित क्षेत्र घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई प्रलय र प्रलयको दिन सरह भयावह भएको बताएका छन् ।

पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ ।

जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार