२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल बन्छ, हिम्मत गरौँ - " गरेर देखाऔँ " : प्रधानमन्त्री ओली

बिहिवार , श्रावण १५, २०८२

 

काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

\प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

'हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो ।

प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ,' प्रधानमन्त्री ओलीले भने, 'हामी सबै लागेमा वी क्यान डू ' .... नेपाल बन्छ । '

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार