२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

महिला यु- २० साफ च्याम्पियनसिप - " नेपाल विजयी "

बिहिवार , श्रावण १, २०८२

 

काठमाडौँ, साउन । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु- २० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७ -० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७- ० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ । श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो ।

नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई- दुई गोल गरे ।पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे । खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् ।

त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् ।

मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५(० गोलको अग्रता दिलाइन् । खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन् ।

खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दैै ७ गोलअन्तरले विजयी दिलाइन् । नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार