२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन

भ्रष्टाचार नियन्त्रण गर्न सरकार उदासीन बन्याे - ' हाकाहाकी जोगाउँदै '

जनमुखी कार्यक्रमहरूमाथि हस्तक्षेप : अध्यक्ष प्रचण्ड

सोमवार , आषाढ ३०, २०८२

 

काठमाडौँ, असार । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा उदासीन रहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै दाहालले सरकार गठनदेखि नै अघिल्लो सरकारले अघि बढाएका जनमुखी कार्यक्रमहरूमाथि हस्तक्षेप गरिएको र अनुसन्धानका फाइलहरू बन्द गरिने क्रम बढेको बताएका हुन् ।

' मैले त्यतिबेलै भनेको थिएँ, यो सरकार सुशासनको डरले बनेको हो भनेर । सुशासनसँगको त्यो डर आजपर्यन्त कायमै छ । त्यही डरले दुई ठूला दल मिलायो, अनि अहिले त्यही डरले सरकारले हाकाहाकी भ्रष्टाचारीहरूलाई जोगाउँदै छ,' उनले भने ।

सरकार गठन भएदेखि नै अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई कमजोर तुल्याउने र रोक्ने काम भएको दाहालको भनाइ छ ।'

भ्रष्टाचारका फाइलहरू बन्द गरिँदैछ। भ्रष्टाचार झन मौलाउँदै गएको छ । सम्पत्ति शुद्धिकरणको क्रियाकलाप बढ्दै गएका छन्। अनि देश कसरी आउँछ ग्रे लिस्टबाट बाहिर ? उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार