२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्वास्थ्य सामग्री : ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

बिहिवार , बैशाख ४, २०७७

काठमाडौँ, वैशाख  । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् ।  ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।    
   
चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ । दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ ।

निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।  लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ ।

यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार