२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

  इजरेल -  इरान युद्द

अमेरिकासँग मात्र रहेको त्यो बम : '  इरानको परमाणु बङ्कर ध्वस्त पार्न सक्छ '

शुक्रवार , आषाढ ६, २०८२

 

रानका भूमिगत परमाणु केन्द्रहरूसम्म मार हान्न सक्ने अस्त्रहरूमध्ये प्रयोग नभएको एउटा अस्त्र छ, जुन हाल इजरेलसँग छैन।त्यो हो जीबीयू-५७ए/बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर। यो विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ "ध्वंसक बम" हाल संयुक्त राज्य अमेरिकासँग मात्र रहेको छ।

तीस हजार पाउन्ड (१३,६०० किलोग्राम) तौल क्षमताको यो एकदमै 'नियन्त्रित लक्षमारक' बम इरानको भूमिगत परमाणु ऊर्जा प्रशोधन केन्द्र फोर्दो कम्प्लेक्ससम्म पुग्न सक्छ, जुन एउटा पहाडमुनि गहिराइमा रहेको छ।

अमेरिकाले म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) मा अहिलेसम्म इजरेललाई पहुँच दिएको छैन। तर यो अस्त्र कस्तो हो, यसका चुनौती के छन् र के त्यो प्रयोग गर्न सकिन्छ त?

 

कति शक्तिशाली

2.webp
undefined

अमेरिकी सरकारका अनुसार जीबीयू-५७ए/बीले एकदम गहिराइमा र कडा चट्टानले घेरिएका बङ्कर तथा सुरुङसम्म मार हान्न सक्छ। छ मिटर लम्बाइ भएको यो बम विस्फोट हुनुअघि करिब २०० फीट (६१ मिटर) गहिराइसम्म पुग्न सक्छ। हरेक विस्फोटनसँगै गहिराइसम्म ड्रिल गर्ने गरी एकपछि अर्को कैयौँ बम खसाल्न सकिन्छ।

बोइङ कम्पनीले बनाएको एमओपी बम लडाइँमा कहिल्यै पनि प्रयोग भएको छैन। तर न्यू मेक्सिको राज्यस्थित अमेरिकी सेनाको परीक्षणस्थल ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा त्यसको परीक्षण गरिएको हो। यो बम म्यासिभ ओर्डनेन्स एअर ब्लास्ट (एमओएबी) भन्दा पनि शक्तिशाली हुन्छ।

एक्काइस हजार ६०० पाउन्ड (९,८०० किलोग्राम) तौल भएको एमओएबीलाई "मदर अफ अल बम्स" अर्थात् "सबै बमकी आमा" भनेर पनि चिनिन्छ, जुन बमको प्रयोग सन् २०१७ मा अफगानिस्तान युद्धमा गरिएको थियो।

"अमेरिकी वायु सेनाले एमओएबी आकारका अस्त्रको विकास गर्नका लागि महत्त्वपूर्ण प्रयास गर्‍यो, तर विस्फोटक चार्जलाई एकदम कडा धातुको आवरणभित्र राखियो। फलस्वरूप जीबीयू-५७ए/बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर तयार भयो," यूकेको ब्राड्फोर्ड विश्वविद्यालयस्थित शान्ति अध्ययनका प्राध्यापक पल रोजर्सले भने।

स्टेल्थ बम्बर भनेर पनि चिनिने यूएस बी-२ स्प्रिट विमानले मात्र एमओपी बोक्न सक्ने गरी बनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार