२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘दिगो आर्थिक रुपान्तरण आजको आवश्यकता’ : डा. महत

मंगलवार , आषाढ ३, २०८२

 
गलकोट (बागलुङ),असार। पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
 
वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
 
नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
 
बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उहाँको भनाइ छ । लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
 
आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पु¥याउने उहाँले उल्लेख गर्नुभयो । उहाँले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको बताउनुभयो । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने उहाँको जिकिर छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार