२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलवार , जेठ २८, २०८२

काठमाडौँ,जेठ। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।
 
चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी रु दुई हजार १६५ मा किनबेच भएको थियो ।
 
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार