२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रीलङ्कामा खराव मौसम : ' छ हजार प्रभावित, ५० हजारकाे ऊर्जा कटौती '

शनिवार , जेठ १८, २०८२

कोलम्बो, जेठ । विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलङ्कामा खराब मौसमबाट करिब छ हजार मानिस प्रभावित भएका छन् ।

खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घर आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ ।

यसैबीच, श्रीलङ्काको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण  ५० हजारभन्दा बढी जनसङ्ख्या विद्युत कटौतीका कारण प्रभावित भएकोे जनाएको छ ।

मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रति घण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी २४ घन्टासम्म जारी रहनेछ ।

विभागले आँधीको समयमा  हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरूलाई सुझाव दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार