२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विदेशमा नेपाली लगानी : बोर्डको स्वीकृतिमा - ' २५ प्रतिशतसम्म गर्न अनुमति '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै व्यवसायीरलगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए ।

उनका अनुसार विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ । उनले भने, ' व्यवसायी-लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइनेछ । विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।

बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको छ । खानीजन्य वस्तुहरुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइनेछ ।

बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरी निजगढ बनाइने अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार