२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आर्थिक वर्ष २०८२-०८३ को बजेट 

सम्पत्ति शुद्धीकरण  - ' मुलुक सघन अनुगमन सूचीमा  '

बिहिवार , जेठ १६, २०८२

 


काठमाडौँ, जेठ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचीमा परेको बताएका छन । 

आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन । उनले परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्यून रहेको बताए । 

युवामा खेती गर्ने आकर्षण बढ्न नसकेको जानकारी दिए । 
 नवप्रवर्धन र प्रविधिकको उपयोगको कमी, न्यून उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादन मूलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरुप हुन नसकेको बताए ।  

समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतमा सञ्चालन हुन नसकेको पनि बताए ।  

भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्वित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न नसकेको जानकारी दिए ।  

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा बढ्दै गइरहेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार