२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख : अर्थमन्त्री पौडेल

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ  । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन । आर्थिक वर्ष २०८२०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन।

गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको बताए । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताए । 

विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बिमा सेवालगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको बताए ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३३९ मेगावाट थप विद्युत् उत्पादन भएको दाबी गरे । 

संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई नौ लाख २३ हजार पुगेको उल्लेख गरे ।  

उहाँले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत महिनामा ३.४ प्रतिशितमा सिमित रहेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार