२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आर्थिक वर्ष २०८२-०८३ को बजेट : निजी क्षेत्रलाई आर्थिक समृद्धिमा जोडिने

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रुपमा स्थापित गरिने बताएका छन ।  

आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन क्रमश कार्यान्वयन गरिने उल्लेख गरेका छन ।  

सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नती भएपश्चात् हुन सक्ने लगानीको न्युनतम पुरा गर्न स्रोतको विविधिकरण गरिने उनको भनाइ छ । 

बजेटमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार