२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चालु आर्थिक वर्ष

  मुलुकको अर्थतन्त्रको आकार -  ' ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ ।  उपप्रधान् एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१- ०८२ को आर्थिक सर्वेक्षण पेस गर्दै नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरेको छ।

सरकारले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको जनाएको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको सरकारले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार