२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेप्से परिसूचक :  ७.९४ अंकले घट्यो, कारोबार बढ्यो

बुधवार , जेठ ८, २०८२

 

काठमाडौँ, जेठ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.९४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६६९.५१ बिन्दुमा ओर्लेर बन्द भएको छ ।

गत मंगलबार ४९ अंक बढेर बन्द भएको नेप्सेले बुधबार घटेको हो । सो दिन कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ वटाको घट्यो र एउटाको स्थिर रह्यो ।


८८ हजार १२१ पटकको सेयर कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत मंगलबार सेयर बजारमा ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोषको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार