काठमाडौँ, वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताएका छन ।
ढकालले आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताए ।
नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ ।
विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ, उनले भने । उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको बताए ।