२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ,वैशाख।सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार