२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भ्रष्टाचारको दुश्चक्र - ' जनता निराश भएका छन ' : डा बाबुराम भट्टराई

शनिवार , चैत्र ८, २०८१

 

काठमाडौँ, चैत । देशमा बढ्दो भ्रष्टाचारको दुश्चक्रका कारण जनता निराश भएको पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू बिस्तारै थाक्दै, गल्दै गइरहेका छन ।

नले अग्रगामी राजनीतिक विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको राजनीतिक दल भएको दाबी गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने दाबी गरे ।

संघीयतासम्बन्धी आवश्यक नियम तथा कानून समयमै नबनाइएकाले संघीयता ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

डा भट्टराईले थपे, ' अहिलेका पुराना राजनीतिक दलहरूको नेतृत्व थाक्दै, गल्दै, निष्क्रिय र गतिहीन बनेको छ। त्यसको विकल्प भनेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित अग्रगामी राजनीतिक दल हो। तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नहुँदा स्थिरता आउन सकेन।'

साथै, संघीयताको आवश्यक नियम र कानून समयमै नबनाइएकाले कार्यान्वयन प्रभावकारी हुन सकेन। पहिचान र अधिकारसहितको संघीयता अपूरो रूपमा रह्यो।'

उनले राज्यका अंगहरु ब्युरोकेसी, अड्डा अदालत, सुरक्षा अंगहरुको बेलैमा रुपान्तरण नहुँदा भ्रष्टाचारको दुश्चक्रमा फसेको टिप्पणी गरे । उनले यही कारणले जनता वाक्क दिक्क भएको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार