२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओबादी केन्द्र

अध्यक्ष दाहालले भने : ' देश कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ '

बुधवार , चैत्र ५, २०८१

 

बारा, चैत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।उनले आज पूर्व- पश्चिम हुलाकी मार्ग केन्द्रित ' जनतासँग माओवादी तराई- मधेश जागरण अभियानुका क्रममा स्थलमार्ग हुँदै बुधबार बाराको सिमरा आइपुगेका उनले यस्तो बताएका हुन् ।

कार्यकारी राष्ट्रपति माओवादीको सुरुकै एजेन्डा भएकाले अब मुलुक त्यतै जानुपर्ने अध्यक्ष दाहालले बताए । सिमरामा गरिएको स्वागत सभालाई सम्बोधन गर्दै दाहालले भने, 'जनताबाट चुनिएको राष्ट्रपति हुनुपर्छ ।'

'र, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मन्त्रिमण्डल गठन गर्दा सम्बन्धित विज्ञहरूलाई छनोट गरी गठन गर्ने छन् । तब मात्र देशको विकास हुन्छ ।'

गत फागुन १२ गतेदेखि झापाबाट सुरू भएको अभियान १३ औं दिनमा मधेश प्रदेशको रौतहट पुगेर फागुन २४ गते स्थगित भएको थियो । मधेश प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा मात्र अभियान बाँकी थियो ।

बिहीबार बिहानदेखि बाराको सिम्रौनगढबाट उद्योगी, व्यवसायी, किसान, व्यापारी, सर्वसाधारण, समाजिक अगुवासहित सम्मलित गराउँदै छलफल कार्यक्रम गर्ने कार्यक्रम छ ।

त्यसपछि कचोर्वामा सहिद लालु यादवको परिवार भेट्दै र स्वर्गीय वामपन्थी पुराना नेता कचोर्वा निवासी हरिहर यादवको कचोर्वास्थित सालिकमा माल्यार्पण गर्ने र हरनहियामा सहिद परिवार भेट्ने कार्यक्रम रहेको माओवादी बाराका पूर्व इन्चार्ज हरि चौलागाईंले बताए ।

अभियानको स्वरूप थोरै परिवर्तन गरिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार