२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

महिला टी- २० क्रिकेट : ' नेपालद्वारा हङकङ ६ विकेटले पराजित '

शुक्रवार , फाल्गुण ३०, २०८१

महिला टी- २० क्रिकेट : नेपालद्वारा हङकङ ६ विकेटले पराजित

काठमाडौँ, चैत । युगान्डामा जारी महिला टी- २० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो ।

नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् । उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् ।

यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् । बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् ।

यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् ।

त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् । बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार