२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चार देशीय महिला टि ट्वान्टी क्रिकेट

युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ,फागुन। चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले  ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् । 


त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् ।
 
नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार