२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

ट्रम्पको रूस र चीनसमक्ष प्रस्ताव

रक्षाबजेट आधा कटौती गरौँ : " पुटिनको सहमति, चीनको असहमति "

मंगलवार , फाल्गुण १३, २०८१

 

बेइजिङ, फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन ।

यद्यपि, चीनले आफ्नो रक्षा खर्च पूर्णतया आवश्यक भएको बताएको छ । रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ तर एसिया प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने, चीनले सधैं शान्तिपूर्ण विकासको मार्गमा निष्ठापूर्वक अडिग रहँदै आएको छ ।

राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितको रक्षा गर्न र विश्व शान्ति कायम गर्न सीमित प्रतिरक्षा खर्च पूर्णतया आवश्यक छ, उनले भने । लिनले भने, ' चीन सँधै समन्वयात्मक आर्थिक र प्रतिरक्षा विकासमा अडिग रहँदै आएको छ र कुनै पनि देशसँग हतियारको होडबाजीमा संलग्न छैन ।'

चिनियाँ राष्ट्रपति सी चिनफिङ र पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको एक दिनपछि चीनको यस्तो टिप्पणी आएको हो ।

पुटिनले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा ५० प्रतिशत कटौती गर्ने ट्रम्पको प्रस्ताव राम्रो विचार भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताएका थिए ।

बेइजिङको विदेश मन्त्रालयले यसै महिनाको सुरुमा ट्रम्पले प्रस्ताव गरेको सैन्य खर्चमा कुनै पनि कटौतीमा संयुक्त राज्य अमेरिकाले अग्रसरता देखाउनुपर्ने बताएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार