२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिहिवार , फाल्गुण ८, २०८१


काठमाडौँ,फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ । 

बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार