२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

लुम्बिनी प्रदेशसभा बैठक

प्रधानमन्त्री ओलीले भने : ' केही पार्टीलाई सरकारमा ल्याउने प्रयास हुँदै '

सोमवार , फाल्गुण ५, २०८१

 

काठमाडौँ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको एघारौं बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै उनले दुई ठूला दलको सरकारले कमजोर बनेको अर्थतन्त्र र देशको अवस्थालाई सुधार गर्ने प्रयास गरिरहेको प्रस्ट्याए ।

देशको अर्थतन्त्र कमजोर छ । थप कमजोर बन्दै छ, उनले भने, 'त्यसको सुधारका लागि मेरो नेतृत्वको सरकारले सम्हाल्दै छ । गत वर्ष २४ प्रतिशत कम राजश्व संकलन भएकामा अहिले केही बढेको छ ।

देश धेरै अप्ठ्यारो परिस्थितिमा रहेको र त्यसलाई सम्हाल्दै अघि बढ्नुपरेको पनि उनले बताए । देश अप्ठ्यारोमा नपरेको भए, अर्थतन्त्र ओरालो नलागेको भए, दैनिक विदेशिने युवाको संख्या नबढेको भए, उनले भने, एक्लै बहुमत ल्याउन सक्ने दुई ठूला दल मिल्न जरुरी नै थिएन ।

अन्य केही पार्टीलाई पनि सरकारमा मिलाउने प्रयास भइरहेको र देश बनाऔं भन्ने एक मात्र नीति लिएर आफूहरु अघि बढेको उनको भनाइ थियो ।

सरकार ढलाउनुपर्ने कुनै कारण नरहेको र बेला आएपछि कसैले ढलाउनै नपर्ने उनको भनाइ थियो । १७ महिना अझै प्रधानमन्त्री हुन्छु, केपी ओलीलाई हटाउन कुनै बल लगाउनु पर्दैन, उनले भने, ' बेला आएपछि आफै छोड्छु, बेला नआउँदासम्म कुनै तोप नै हाने पनि प्रधानमन्त्री ढल्दैन, १७ महिनापछि बल लगाउनै पर्दैन ।

प्रधानमन्त्री ओलीले देशभित्रै ठूलो फलामखानी रहेको र नवलपरासीको धौवादी फलाम खानी सरकारले अबको २ वर्षभित्रै सञ्चालनमा ल्याउने बताए ।

२ वर्षभित्र आफ्नो फलाम खानीलाई उत्खनन गरेर प्रशोधन थाल्छौं, उनले भने, ' त्यसपछि स्वदेशमै ट्र्याक्टरदेखि मोटरसाइकल कारखाना खुल्नेछन् । विश्व ईभीबाट ग्रिन हाइड्रोजनमा प्रवेश गरिसकेकाले नेपालले पनि त्यसको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार