२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

मंगलवार , माघ २९, २०८१

काठमाडौँ,माघ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
 
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 
चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार