२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेपाली कांग्रेस : '  स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने '

शनिवार , माघ १२, २०८१

 

काठमाडौँ, माघ ।  नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने भएको छ ।

कांग्रेसले आउँदो माघ १६ र १७ मा 'नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन' गर्ने भएको हो ।  कांग्रेसले शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने विश्वास व्यक्त गरिन् । 

उनले युवाहरूलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताइन् । सम्मेलनमा युवाहरूलाई बढी जोडिने जनकारी दिइन् ।

थपलियाले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार