२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बुधवार , माघ ९, २०८१

 

गलकोट (बागलुङ), माघ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन ।  

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए ।  

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे ।  

उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार