२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 संविधान संशोधन बहस

उपप्रधानमन्त्री सिंहले भने  : ' सबैको सहमतिमा  संविधान संशोधन गरौँ '

शनिवार , पौष २०, २०८१

 
 
महोत्तरी, पुस । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान  सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन ।  
 
नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।  
 
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए ।  
 
“यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ”, उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।” 
 
साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार