२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'कांग्रेस -  एमाले सरकार  राजनीतिक स्थायित्वका लागि ' :  नेता कोइराला

आइतवार , पौष १४, २०८१

 

काठमाडौँ, पुस ।  राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । 

जनकपुरमा  आइतबार  सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले भने, ' पटक- पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिन बनेको हाे ।' 

सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको समेत कोइरालाले बताए । 

नेता कोइरालाले संविधानमा केही सुधार गर्न अहिलेको सरकार बनेको र एक हप्तायता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए ।

'अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । '

 'नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ,' उनले भने ।

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार