काठमाडौँ, पुस । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ताको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौं ।
केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना
भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको छ ।
इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा स७३घढसरक्षा प्रणालीलाई लिएर कसनै कमी नराखेको समेत जानकारी गराउन चाहान्छौं ।
सर्वप्रथम इसेवा लगायतका नेपालका क७३घढसनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं ।