२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

शनिवार , पौष ६, २०८१

 

काठमाडौँ,  पुस । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ । 

आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । 

फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा रु एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन ।  

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लाख प्रदान गरे ।  तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन् । 

तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरे । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार