२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

टयाम्के मयू भ्यूटावर 

निर्माणमा अनियमितता :  जिल्ला समन्वयले भन्यो - 'अनियमितताकाे सोधपुछ गर्छौ '

काेशी प्रदेशको पर्यकीय आकर्षणमा लोकप्रियस्थल टयाम्के मयू

शुक्रवार , पौष ५, २०८१

 


भोजपुर  पुस ।  भोजपुर जिल्लाको पर्यकीय आकर्षण बोकेको टयाम्के डाँडामा भ्यूटावर निर्काण हुँदैछ ।  करीव तीनहजार १० मिटरको उचाईमा रहेको सो डाँडामा केशी प्रदेश सरकारको २५ करोडको लागतमा निर्माण गर्न लागिएको हो ।
 
सो निर्माणाधीन टावरको भोजपुर जिललाका समन्वका सभापति कमल थुलुङले अनुगमन गरेका छन ।

सो अनुगमनाका क्रममा टयाम्के मयूँ गाउँपालिका वडा न. ४ का वडध्यक्ष रूपकेश राईको टोलीले परियोजनाको अवस्थाबारे अनुगमन अवलोकन गरेको थियो । 

उ२.jpg
undefined

सो अवलोकनका क्रममा माटो मिसिएको बालुवा रहेको पाइएको सभापति थुलुङले जानकारी दिए । उनले  साईट प्राविधिकलाई पत्र लेखेर बोलाउँदैछाै, स्पष्टीकरण सोधेर के गर्ने अघि बढ्ने बताए । 

काेशी प्रदेशको पर्यकीय आकर्षणमा लोकप्रियस्थल टयाम्के मयू क्षेत्र आफैमा आकर्षक छ भने त्यहाँबाट देखिने वरिपरिको हिमालयको दृश्यले जो कोहीलाई लोभ्याउँछ । 

सो टावर निर्माणका क्रममा प्रयोग गरिने बालुवा तथा सिमेन्ट न्यून गुणस्तरको पाईएको बताए । ४ नं वडाका वडाध्यक्ष रूपकेश राईले भने,  मैले पटक पटक यो सम्झाएको  हाे । 

सात तलाको बन्ने टावरमा जमिनको सतहभन्दा तल २ तला पक्का बनाइँदैछ भने त्योभन्दा माथि फलामको चार तले टावर रहने जानकारी दिईयो । 

भेजपुरस्थित कुन्सांलीङ निर्माण कम्पनीले निर्माण गरिरहेको सो टावर र त्यस क्षेत्रको अवस्थाबारे दृश्यावलोकन गर्दै पर्यटकले हाँसो गर्दै डाँडा आफै अग्लोस्थलमा छ , टावर बनाएर ठाउँ बिगारेको धारणा राखे । उनले भने,  फेरि टावर बनाउन जमिनको सतहभन्दा तल २ तला छ ।
 
' त्यसैलाई ब्यवस्थित गरेको भए अझ त्यो ठाउँको संरक्षण हुन्थ्यो ।'
 
ऋर्को ब्यत्तिले हाँसो गर्दै भने, 'स्थलगत  अवस्थाबारे अध्ययन र बिश्लेषण नगरी परियोजना सञ्चालन हुनु नै विडम्वना हो ।  अर्काले थपे, प्रदेशका पहुँचवालाले आफ्नो मान्छेलाई काम दिन परियोजना बनाए जस्तो छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार