२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेता कोइरालाले  भने : ' सरकारलाई असफल हुने छुट छैन' ......

सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट

शुक्रवार , पौष ५, २०८१

 

सुदूरपश्चिम, पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन।  
 
आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए ।  

“यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो ।  संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भए बमोजिम सरकार चल्नुपर्छ ।  

अहिले सहमति अनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा कोइरालाले भने ।  उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । 

नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका हुन ।  उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार