२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

यू- १९ एसिया कप

पाकिस्तानलाई  नेपालले ६ विकेटले हरायो  : '  नेपाल सेमिफाइनलमा '

सोमवार , पौष १, २०८१

 

काठमाडौँ, पुस । यू- १९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । 

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।  नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् ।

त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए। पाकिस्तानका लागि फातिमा खान र कुरातुलैनले १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् ।

यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एकरएक विकेट लिए ।

जितसँगै नेपाल सेमिफाइनलमा समेत प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ुएु बाट सेमिफाइनलमा स्थान बनाएको हो । 

नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ुबीु मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार