काठमाडौँ, मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ ।