२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल चीन उच्चस्तरीय बैठक

बीआरआई सहकार्य फ्रेमवर्क’ : "  समेटिए १० परियोजना "

बुधवार , मंसिर १९, २०८१


बेइजिङ, मंसिर । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् ।

‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको हो ।

नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा अटाएनन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन् ।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू यस्ता छन् :

१, टोखा–छहरे सुरुङमार्ग

२, हिल्सा–सिमकोट सडक परियोजना

३, किमाथांका–खाँदबारी सडक र पुल

४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५, डडेलधुरास्थित अमरगढी सिटी हल

६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७, मदन भण्डारी विश्वविद्यालय

८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,

९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार